सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रिन्सिपल भुसालको षडयन्त्रपूर्वक हत्या भएको विप्लव समुहको दावी

२०७७ वैशाख १९, ०७:२४ खबर संवाददाता

धनगढी :  नेपाल कम्युनिष्ट पार्टी(विप्लव)ले कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ को बिहानी क्षितिक बोड्ङि स्कुलका प्रिन्सिपल कृष्णप्रसाद भुसालको षडेयन्त्रपुण हत्या गरिएको आरोप लगाएको छ। पार्टीको नगर सचिव साजनले एक प्रेस विज्ञप्ती जारी गर्दै उनको षडयन्त्रपूर्वक हत्या भएको आरोप लगाएका हुन। 

विज्ञप्तीमा एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका भुसालको स्वभाविक मृत्यु नभएर योजनाबद्ध हत्या भएको उल्लेख गरिएको छ। साथै विज्ञप्तीमार्फत भुसालको अप्रत्यासित मृत्यु भएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको र घटनामा संलग्नलाई कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ। पार्टीले समेत सो घटनाको विषयमा अध्ययन गरिरहेको समेत विज्ञप्तीमा भनिएको छ। 

समाजमा हुने हरेक घटनाको उत्सुकता राख्दै आएको भन्दै यस घटनामा आफ्नो आन्तरीक  संयन्त्रको प्रयोगगरी शुस्म अध्ययन गरिएको दावी विज्ञप्ती मार्फत गरिएको छ। 

त्यस्तै सोही घटनाको छानबिन हुनुपर्ने माथ राख्दै आज आफन्त तथा स्थानीयले प्रहरी कार्यालय मसुरिया घेराउ गरेका थिए। 

कमेन्ट लोड गर्नुस