कैलालीमा राहत सामाग्री बोकेको ट्याक्टर दुर्घटना
धनगढी : कैलालीमा राहत सामाग्री बोकेको ट्याक्टर दुर्घटनामा परेको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ८ बढैपुरको जंगलमा ट्याक्टर दुर्घटना भएको हो।
बढैपुर–हसुलिया सडक खण्डमा ट्याक्टर दुर्घटना भएको घटना स्थलमा रहेका पत्रकार भीम चौधरीले बताए। गौरीगंगा नगरपालिकाको वडा नम्बर १० बाट राहत वितरण गरेर फर्किएको ट्याक्टर जंगलमा दुर्घटनामा परेको उनले बताए।
ट्याक्टरमा रहेको राहतको चामल रोडमा खसेका छन् भने ट्याक्टर सडकबाट तल खसेको छ। अहिले ईलाका प्रहरी कार्यालय मसुरियाको टोली घटना स्थलतर्फ गएको छ।