अझै तीन दिन मेघगर्जन सहित वर्षाको सम्भावना
धनगढी–मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश भएको देखिएको छ।
अहिले देशका अधिकाँश भू–भागमा पूर्ण बदली तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याँङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। यो आइतबार सम्म रहने अनुमान गरिएको छ। शुक्रबार दिउँसो देशको पश्चिमी भू–भागमा पूर्ण बदली तथा मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र असिना तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। शुक्रबार राती देशको पश्चिमी पहाडी भू–भाग तथा मध्य र पुर्वी भु–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य र पुर्वी भु–भागका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
शनिबार दिउँसो देशको पश्चिमी पहाडी भू–भाग तथा मध्य र पुर्वी भु–भागमा सामान्य बदली हुने र अन्य भू–भागमा आंशिक बदली रही देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। शनिबार राती देशको पहाडी भू–भागमा सामान्य बदली तथा पुर्वी तराइ भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पश्चिमी र पुर्वी पहाडी भू-भागका केही स्थानहरुमा र मध्य भू–भागका एक/दुई स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
यो आइतबार सम्म रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र असिना तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। सोहि दिन राती देशको अधिकांश भू–भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा र पुर्वी भु–भागका एक /दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र असिना तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र असिना तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।