सुदूर नेपाललाई विश्वसँग जोड्दै

अजयमेरु–२ का युवाहरुद्वारा ४७ विपन्न परिवारलाई राहत वितरण

२०७७ वैशाख १८, ०३:४२ खबर संवाददाता

धनगढी : अजयमेरुका ४७ विपन्न परिवारलाई राहत वितरण गरिएको छ। गाउँपालिकाको वडा नम्वर २ कोईराली घर भई रोजगारीका लागि युएईको दुबईमा रहेका राजेन्द्र ऐर र अन्य स्थानीय युवाहरुले अति बिपन्न र सहारा बिहिन ४७ परिवारलाई राहत वितरण गरेका हुन्।

दुबईमा रहेका ऐरले राहत वितरणकै लागि नगद रकम पठाएका थिए भने स्थानीय युवाले रकम थपेर राहत सामाग्री वितरण गरेका हुन्। ‘एक महिना भन्दा लामो समयदेखि जारी लकडाउनका कारण विपन्न परिवारलाई दैनिकी चलाउन समस्या भईरहेको गुनासो आएको थियो। विपन्न परिवारलाई दैनिकी चलाउन सहज होस भन्नका लागि राहत वितरण गरिएको हो। ’दुबईबाट ऐरले टेलिफोनमा दिनेश खवरलाई भने। 

उनका अनुसार वडा नम्वर २ का ४७ परिवारलाई २० किलोदको दरले नौँ सय ४० किलो चामल वितरण गरिएको छ। झण्डै ५० हजार बराबरको राहत वितरण गरिएको ऐरले बताए। स्थानीय युवाहरुले राहतको चामल गाडी मार्फत घर–घरमा पुगाएका हुन्। 

 

 

 

कमेन्ट लोड गर्नुस