चौधरी बुक डिपोद्धारा सुरक्षाकर्मीका लागि मास्क र ग्लोब्स सहयोग
धनगढी : एसएनएस ग्रुप र चौधरी बुक डिपोले कोरोना भाईरसको संक्रमण जोखिमका बीच काम गरिरहेका सुरक्षाकर्मीहरुलाई मास्क र ग्लोब्स सहयोग गरेको छ।
एसएनएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत प्रेमराज पाठकले एक हजार थान मास्क र दुई हजार थान ग्लोब्स आज दिउसो कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई हस्तान्तरण गरे।
जोखिम मोल्दै खटिएका सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउन मास्क र ग्लोब्स सहयोग गरेको एसएनएस ग्रुपका संस्थापक तथा चौधरी बुक डिपोका सञ्चालक सञ्जय चौधरीले बताए।