कैलालीमा प्रहरी जवान ब्यारेकमै मृत फेला
धनगढी : कैलालीमा एक जना प्रहरी जवान ब्यारेकमै मृत फेला परेका छन्। जिल्लाको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत २९ बर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा ब्यारेकमै मृत फेला परेका हुन्।
अछामको साविक पायल गाविस घर भएका बोहरा राति ब्यारेकमा सुतेका थिए भने विहान ३ बजे ड्युटीको लागि उठाउन जाँदा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले घटनास्थलमा ईलाका प्रहरी कार्यालय सुख्खडबाट प्रहरी निरिक्षकको टोली पठाईएको बताए।