कैलालीको गौरीगंगालाई वल्डभिजनद्वारा दुई लाख ८५ हजार बराबरको सामग्री सहयोग
कैलाली : सामाजिक विकासका लागि सचेत समाज(सीएसएसडी), बाल कल्याण संघ र दिगो विकासको सहकार्यमा वल्डभिजन ईन्टरनेशनल नेपालले गौरीगंगा नगरपालिकालाई पाँच थान व्यक्तिगत सुरक्षा पोशाक(पीपीई) सहित अन्य सामग्री सहयोग गरेको छ।
मंगलबार सीएसएसडीका सामाजिक परिचालक प्रेम चौधरीले नगरप्रमुख भिमबहादुर देउवालाई ७५ हजार ८४ रुपैयाँको पीपीई हस्तान्तरण गरेका थिए।
त्यस्तै वल्डभिजन मार्फत गौरीगंगा नगरपालिकामा ८ क्विन्टल चामल, ३६ थान सेनिटाईजर, ४० वटथान त्रिपाल, २० थान झुल, २० थान वल्याङकेटसहित दुई लाख ८५ हजार रुपैयाँ बराबरको सामाग्रीहरु सहयोग प्रदान गरिएको छ।