सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम उद्योग वाणिज्य महासंघका अध्यक्ष बोगटी अत्तरियाबाट पक्राउ

२०७७ वैशाख १६, ०९:२५ खबर संवाददाता

धनगढी : उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई अत्तरियाबाट पक्राउ गरेको हो। लकडाउनको समयमा मदिरा सेवन गरेर सडकमा राखिएका ट्राफिक डिभाईडर फुटाएपछि उनलाई पक्रउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनलाई पक्राउ गरी राति नै जिल्ला प्रहरी कार्यालयमा ल्याईएकोमा कोरोनाको जोखिमका कारण उनलाई थुनामा राख्न नसकिएको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले राति १ बजे उनलाई छोडिएको बताए।

उनीविरद्ध लकडाउनको उल्लंघन र प्रहरीमाथि अभद्र व्यवहारमा मुद्धा चलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी कैलाली उद्योग वाणिज्य संघका पनि पूर्व अध्यक्ष हुन्। 

कमेन्ट लोड गर्नुस