बैतडीमा दुई दिनदेखि वेपत्ता युवती खोलामा मृत भेटिईन्
धनगढी : बैतडीमा दुई दिनदेखि वेपत्ता युवती खोलामा मृत अवस्थामा भेटिएकी छन्। जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर ४ की १९ वर्षीया युवती आज बिहान स्थानीय टाडिखर्क खोलामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक किसन चन्दले दुई दिनदेखि घरबाट वेपत्ता भएकी गीता महरको शव आज बिहान खोलामा भेटिएको जानकारी दिए।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक गौरी जैसीको नेतृत्वको प्रहरी टोली घटना स्थल पुगेको छ। युवती मृत भेटिएको घटनाको अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।