सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पञ्चेश्वरले भारत लगायत विभिन्न मुलुकमा रहेका नागरिकको तथ्यांक संकलन गर्दै

२०७७ वैशाख १५, ०६:२० खबर संवाददाता

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिकाले बैदेशिक रोजगारिका लागि भारतलगायत विभिन्न मुलुकमा रहेका नागरिको डाटा संकलन गरिरहेको छ।

गाउँपालिकाले एक सूचना जारी गर्दै सबै वडा कार्यालयलाई आफ्नो वडाभित्रका भारत लगायत अन्य मुलुकमा  रहेका नागरिकको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो। 

कोरोना भाइरस(कोभिड–१९) का कारण जारी लभएको लकडाउनका कारण भारत लगायत विभिन्न मुलुकहरुमा अलपत्र परेका नागरिकको तथ्यांक संकलन गरिरहेको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए।

‘लकडाउन खुलेपछि उनीहरुलाई ल्याउन सजिलो होस भनेर हामीले अहिले भारत लगायत अन्यमुलुकमा रहेका पञ्चेश्वर गाउँपालिका भित्रका नागरिकको डाटा संकलन गरिरहेका छौँ। त्यहिअनुसार क्वारेन्टाइनको पनि व्यपस्थापन गर्ने तयारी गरिरहेका छौँ’ उनले भने। 

गाउँपालिकाभित्र रहेका ६ वटा क्वारेन्टाइन काठमाडौँ लगायत बाहिर जिल्लाबाट आएका १५ जनालाई राखिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस