सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भोलीदेखि अन्य जिल्लाबाट आउन नपाइने

२०७७ वैशाख १५, ०५:३३ खबर संवाददाता

धनगढी : भोलीदेखि कैलालीमा अन्य जिल्लाबाट यात्रु ल्याउन नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले गृह मन्त्रालयको परिपत्र अनुसार अन्य जिल्लाबाट आवागमन बन्द गर्ने निर्णय गरेको हो। 

अहिलेसम्म कुनै स्थानीय तहले यात्रु ल्याउन पास नलिएको र भोलीबाट यात्रु ल्याउन कसैलाई पास उपलब्ध नगराउने सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। यद्यपी अत्यावश्यक कामका लागि भने पास उपलब्ध गराउने उनले बताए।   

कमेन्ट लोड गर्नुस