सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा गर्भवतीको हत्या गरिएको आरोप, श्रीमान पक्राउ

२०७७ वैशाख १५, ०२:३६ खबर संवाददाता

धनगढी : कैलालीमा एक महिलाको हत्या गरिएको आरोप लागेको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ फारम ‘ख’ घर भएकी ३० वर्षीया तुलसी घर्तीक्षेत्री चौधरीकोे हत्या गरिएको माइती पक्षले आरोप लगाएका हुन्।

बैशाख १ गते राति श्रीमान लालबहादुर चौधरीसहित जेठानी जेनिषा चौधरीबिच तुलसीको विवाद भएको र सोही विवादपछि तुलसीमाथि आक्रमण गरिएको उनका दाई दिलबहादुर घर्तीक्षेत्रीले बताए। उनका अनुसार सोही राति उनी मृत फेला परेकी थिईन्। घर्तीक्षेत्रीले घटनाको १३ दिन बितिसक्दा समेत वास्तविकता बाहिर नल्याइएको भन्दै आपत्ति जनाए। 

‘उनको पहिलो सन्तानको मृत्यु भएको थियो भने दोश्रो सन्तानका रुपमा छोरा छन्’ उनले भने, ‘श्रीमानको असहयोगले उनी आजित बनेकी थिईन्। त्यसैमा उनीमाथि गम्भीर आरोप लगाइयो गर्भमा हुर्किरहेको तेश्रो सन्तान आफ्नो होइन् भनेर।’ मृतक ८ महिनाकी गर्भवती थिईन्।

तर प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्धा चलाउँदै मृतकका श्रीमान लालबहादुर चौधरीलाई पक्राउ गरिएको जनाएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

 

कमेन्ट लोड गर्नुस