सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा बगेर घाइते महिलाको नेपालगञ्जमा मृत्यु

२०७७ वैशाख १५, ०७:४८ खबर संवाददाता

धनगढी : दार्चुलामा आईतबार महाकाली नदीमा बगेर गम्भीर घाईते भएकी महिलाको मृत्यु भएको छ। जिल्लाको महकाली नगरपालिकाको गल्फईमा महाकाली नदीमा बगेर गम्भीर बनेकी ब्यास गाउँपलिका १ की सपना ऐतवालको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी निरिक्षक सुरेन्द्र जोशीले ऐतवालको उपचारको क्रममा गएराती साढे २ बजे नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बताए।

आईतबार बिहान नदीमा बगिरहेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार गरेर ऐतवाललाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुगाएको थियो।

तर दार्चुलामा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलीकोप्टर मार्फत नेपालगञ्ज लगिएको थियो। प्रहरीले उनले नदीमा हाम फालेको वा कुनै कामको सिलसिलामा तर्ने क्रममा बगेको हो भन्ने कुरा खुल्न नसकेको जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस