सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लायन्स क्लव अफ नैनादेवीद्धारा राहत सामग्री हस्तान्तरण

२०७७ वैशाख १४, १०:१४ खबर संवाददाता

लायन्स क्लव क्लव अफ धनगढी नैनादेवीले गरीव, मजदुर तथा समस्यामा परेकालाई सहयोगका लागि धनगढी उपमहानगरपालिकालाई राहत सामग्री हस्तान्तरण गरेको छ।

आईतबार १५ क्वीन्टल चामल, डेढ क्वीन्टल दाल, डेढ क्वीन्टल नुन, श्यामलता अग्रवालका तर्फबाट एक क्वीन्टल पिठो, लखिमपुरकी उमा पौदारका तर्फबाट एक क्वीन्टल मोटो चामल र लायन्स क्लव ३२५ बी २ कि जोन चेयर पर्सन सम्झना अधिकारीका तर्फबाट ५० किलो मोटो चामल धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई हस्तान्तरण गरीएको क्लवका अध्यक्ष राजेन्द्र अग्रवालले बताए।

उनले प्रति परिवार १० किलो चामल, एक किलो नून, एक किलो दालका दरले मेयर वडलाई हस्तान्तरण गरीएको जानकारी दिए। मेयर वडले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको रोकथामका लागि सरकारले जारी गरेको लकडाउन कारण छाक टार्न समस्या भएका परिवारका लागि लायन्स क्लव अफ नैनादेवीले सहयोग गरेकोमा आभार व्यक्त गरे।

राहत हस्तान्तरण कार्यक्रममा लायन्स क्लव ३२५ बी २ का सिनियर डिष्ट्रिक एडभाईजर जनकराज जोशी, जोन चेयर पर्सन सम्झना अधिकारी र बिभिन्न लायन्स क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
 

कमेन्ट लोड गर्नुस