कैलालीमा ४ गोलिया सालको काठ बरामद
२०७७ वैशाख १४, ०६:२९
कैलाली: कैलालीमा ४ गोलिया सालको काठ बरामद गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ को राष्ट्रिय वनमा ४ गोलिया सालको काठ फेला परेको हो।
काठ जंगलमा बेवारिसे अवस्थामा फेला पारेको सब वनडिभिजन कार्यालय सुखडले जनाएको छ। सब वनडिभिजन कार्यालय सुखडका प्रमुख समिर थापाका अनुसार एक सय एक दशमलव सात क्यूफिट काठ बरामद गरिएको हो।
राष्ट्रिय वनमा काटिएको सालको काठ बारे थप अनुसन्धान भइरहेको उनले बताए।
कमेन्ट लोड गर्नुस