सुदूर नेपाललाई विश्वसँग जोड्दै

हातेमालो समाज नेपालद्वारा अमरगढी नगरपालिकालाई खाद्यान्न हस्तान्तरण

२०७७ वैशाख १४, ०६:११ खबर संवाददाता

डडेल्धुरा: हातेमालो समाज नेपालले डडेल्धुराको अमरगढी नगरपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ। आइतबार हातेमालो समाज नेपालले ४५ हजार बराबरको खाद्यान्न आईतबार अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको हो।
हातेमालो समाज नेपालले अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वरप्रसाद ओझालाई सो सामाग्री हस्तान्तरण गरेको हो। 

सरकारले सिगों देश ‘लकडाउन’ गरेपछि दैनिक ज्याला मजदुरी गरेर खाने व्यक्तिहरुको समस्यालाई मध्ये नजर गर्दै अमरगढी नगरपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको हातेमालो समाज नेपालका अध्यक्ष अमर भाटले जानकारी दिए। ४५ हजार रुपैया बराबरको ९ क्विन्टल चामल, ६० किलो दाल बितरण गरिएको अध्यक्ष अमर भाटको भनाइ छ।

‘अमरगढीमा पनि थुप्रै व्यक्तिहरु दैनीक ज्याला मजदुरी गरेर घर खर्च चलाउँछन्। ‘लकडाउन’ भएपछि अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई केही मात्रामा सहज होस् भनेर खाद्यान्न सहयोग गर्यो।’ उनले भने, ‘आगामी दिनमा पनि हातेमालो समाजले सहयोगका कार्यक्रमलाई निरन्तरता दिने छ।’ 

विश्वभरी फैलिरहेको कोरोना भाईरस (कोभिड–१९)लाई मध्यनज गदै गरेको सानो सहयोगले कसैको साँझ विहानको छाक टर्छ भने यो नै आफूहरुका लागि खुसिको कुरा हुने उपाध्यक्ष तिर्थराज भट्टले बताए।

विपतको घडिमा सहयोगको भावना राखेर हातेमालो समाज नेपालमा आबद्ध सबैको आर्थिक सहयोगले खाद्यान्न हस्तान्तरण गरेको कोषाध्यक्ष पदम पाठकले जानकारी दिए। साथै उनले हातेमालो समाज नेपालमा आबद्ध भएर सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।

विभिन्न सघंसस्था बाट आएको खाद्यान्नले राहत वितरणमा सहज भएको भन्दै अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले हातेमालो समाज नेपाललाई धन्यवाद व्यक्त गरे। नगरप्रमुख ओझाका अनुसार सो खाद्यान्न अमरगढीका अति विपन्न तथा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई वितरण गरिने छ। खाद्यान्न ढुवानी गर्न सशस्त्र प्रहरी बल ५२  गुल्म डडेल्धुराले सहयोग गरेको थियो।

कमेन्ट लोड गर्नुस