सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीबाट उद्धार गरिएकी महिलालाई हेलिकोप्टरबाट नेपालगञ्ज लगिदै

२०७७ वैशाख १४, ११:०७ खबर संवाददाता

धनगढी : महाकाली नदीबाट उद्धार गरिएकी महिलालाई उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर दार्चुला अवतरण गरेको छ। दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ छाङरु बस्दै आएका ३० वर्षीया सपना ऐतवाललाई आइतबार बिहान जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ गल्फईस्थित महाकाली  नदीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको थियो। उनलाई थफ उपचारका लागि नेपालगञ्ज लैजान सेनाको हेलिकोप्टर दार्चुला अवतरण गरेको हो। उनलाई केहीबेरमा नेपालगञ्ज लगिने दार्चुलाका प्रमख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। 
 

कमेन्ट लोड गर्नुस