काठमाडौँमा समस्यामा परेका तीन सय बढि विद्यार्थी र मजदुरलाई धनगढी पठाईयो
धनगढी : काठमाडौँमा अलपत्र परेका तीन सय बढिलाई धनगढी पठाईएको छ। विभिन्न यातायात प्राली, धनगढी उप–महानगरपालिका र कैलाली निर्वाचन क्षेत्र नम्वर ५ का प्रतिनिधि सभा सदस्य नारदमुनी रानाको समन्वयमा काठमाडौँमा समस्यामा परेका तीन सय बढि मजदुर र विद्यार्थीलाई धनगढी पठाईएको हो।
धनगढीबाट तीन वटा बस पठाईएकोमा अपुग भएपछि तीन वटा थप बसको व्यवस्थापन गरेर तीन सय भन्दा बढि जनालाई धनगढी पठाईएको प्रतिनिधि सभा सदस्य नारदमुनी रानाका स्वकिय सचिव कमलसिंह रानाले बताए।
उनका अनुुसार उनका अनुसार धनगढीबाट काठमाडौँ सम्म पुग्न लाग्ने इन्धन खर्च उपमहानगरपालिकाले व्यहोरेको छ भने फर्किदा भने सम्बन्धीत यात्रुले नै भाडा तिरेका छन्। उनले भोली थप तीन वटा बस पठाउने तयारी भईरहेको जानकारी दिए।
सरकारले जारी गरेको लकडाउनपछि काठमाडौँ समस्यामा परेका विद्यार्थी र मजदुरलाई ल्याउन सुदूरपश्चिमका विभिन्न स्थानीय तह, सासंद र यातायात प्रालीहरुले समन्वय गरिरहेका छन्।