सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

२०७७ वैशाख १३, ०४:५३

धनगढी : कैलालीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ। कान्द्रा नदीको तटबन्धमा नुहाउने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १२ को वनबासामा डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले नदीमा डुबेर स्थानीय राजेन्द्र चौधरीका ११ वर्षीय छोरा सचिन र वैजनाथ चौधरीका १४ वर्षीय छोरा अनिषको मृत्यु भएको जानकारी दिए। उनीहरु कान्द्रा नदीको शिवपुरमा नुहाउने क्रममा डुबेर वेपत्ता भएका थिए।

बिहान नुहाउने क्रममा वेपत्ता भएका उनीहरुको खोजी गर्दै जादा दिउँसो २ बजे छुट्टाछुट्टै स्थानमा मृत भेटिएको प्रहरीले जनाएको छ। अहिले ईलाका प्रहरी कार्यालय सुख्खडको टोलीले घटना स्थल मुचुल्का उठाईरहेकाले शव परिक्षणका लागि धनगढी ल्याउने तयारी छ।

कमेन्ट लोड गर्नुस