धनगढीमा खोप सेवा पुनः सुरु
धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालमा लकडाउनका कारण प्रभावित रहेको खोप सेवा पुनः सुरु भएको छ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी रहदा नियमित खोप सेवा प्रभावित भएकाले एकापसमा सामाजिक दूरी कायम राखी खोप सेवा सञ्चालन गरिने अस्पतालद्वारा यहाँ जारी सूचनामा उल्लेख गरिएको छ।
बालबालिकाका लागि लगाइने विभिन्न खोपहरु हप्ताको दुई दिन अर्थात् सोमबार र शुक्रबार बिहान ९ः०० देखि दिउँसो १ः०० बजेसम्म सेवा लिन सकिने जारी सूचनामा जनाइएको छ।
त्यस्तै प्रत्येक हप्ता आइतबार र बुधबार गर्भवती तथा परामर्श र टिडी खोप सेवा दिइने भएको छ। लकडाउनले खोप सेवा बन्द हुँदा धेरै बालबालिका खोप लगाउनबाट वञ्चित हुँदै आएका थिए। –रासस