सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको आलितालमा क्वारेन्टाइन नहुँदा अन्य जिल्लाबाट आउने व्यक्ति घर जान बाध्य

२०७७ वैशाख ११, ०२:०१ खबर संवाददाता

भक्त गाहा मगर, डडेल्धुरा:  विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेकाले नेपाल सरकारले अर्को जिल्लाबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएपनि सबै स्थानीय तहमा भने क्वारेन्टाइन निर्माण हुन सकेको छैन। 

डडेल्धुराको आलिताल गाउँपालिकामा बाहिरबाट आएका व्यक्तिलाई क्वारन्टाइनमा बस्ने व्यवस्था  नभएपछि  उनीहरु घर जान बाध्य भएका छन्। क्वारन्टाइनको व्यवस्था नभएपछि बुधबार मात्रै  बहिरबाट आएका ११ जनालाई गाउँपालिकाले घर पठाएको छ। 

कामको शिशिलामा लम्जुङ र गुल्मीबाट आएका ११ जना जनालाई सेल्फ क्वारन्टाइनमा बस्न भन्दै घर पठाइएको हो। क्वारन्टाइनमा बस्न चाहेपनि गाउँपालिकाले बस्ने व्यवस्था नगरेपछि आफुहरु घर जान बाध्य भएको कर्णबहादुर ढाँटले बताए।  

उता गाउँपालिकाले भने उनीहरु नेपाल भित्रबाटै आएको र र्यापिड टेस्ट गर्दा सबैको रेपोर्ट नेगेटिभ आएपछि सबैलाई घर पठाएको बताएको छ।  सम्बन्धित ठाउँबाट आउँदा उनीहरु सुरक्षित भएर आएकाले क्वारन्टाइनमा बस्न आवश्यक नरहेको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुंगले बताए। 

यसअघि गाउँपालिकाको सभा हलमा निर्माण गरिएको क्वारेन्टाइन उपयुक्त नभएको भन्दै हटाइएको छ।

कमेन्ट लोड गर्नुस