सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरीकामा दुई घर पालुवा बिरालोमा देखियो कोरोना

२०७७ वैशाख ११, ०१:०४

अमेरिकामा दुई वटा घरपालुवा बिरालोमा कोरोना भेटिएको छ। अमेरिकाको न्युयोर्कमा दुई वटा बिरालोमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार सास फेर्न समस्या भएपछि गरिएको परीक्षणमा दुई वटा बिरालोमा कोरोना भएको पाइएको हो। सङ्घीय अधिकारीहरुका अनुसार अमेरिकामा घरमा पालिएको बिरालोमा कोरोना भाइरसको सङ्क्रमण पाइएको यो पहिलो घटना हो।

ती दुई बिरालोमा कोरोना सङ्क्रमण मानिसबाट नै सरेको आशङ्का गरिएको छ। यसअघि न्युयोर्कको चिडियाघरमा रहेको बाघमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो।  अमेरिकी अधिकारीहरुका अनुसार जनावर मानिसबाट सङ्क्रमित हुनसक्ने तर अहिलेसम्म पालिएको जनावरबाट मानिसमा सङ्क्रमण सर्ने सङ्केत पत्ता लागेको छैन। 
 

कमेन्ट लोड गर्नुस