बाजुरामा भारतबाट आएका दुईजनाको आरडिटि पोजेटिभ
बाजुराः बाजुराको त्रिवेणी नगरपालीकाका पहिलो चरमा र्यापीट टेष्ट ९आरडीटी० मा दुइ जनामा पोजेटीभ देखिएको छ। भने दोस्रो चरणमा भने एक जनालाइ मात्र पोजेटीभ देखीएको छ। र्यापीट टेष्ट गर्ने क्रममा भारतबाट चैत्र २ गते आएका त्रिवेणीका २ जनामा पोजेटिभ देखिएका हुन्।
पहिलो चरणमा २२ वर्षका युवक र ६० वर्षका व्यक्तिमा पोजेटिभ देखिए पनि दोस्रो चरणमा भने ६० बर्षियालाइ मात्र देखीएको र फाईनका लागि भोली आरटीपीसीआरका लागि धनगढी पठाउने तयारी गरेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी रामचन्द्र यादबले बताएका छन्।
सुचना अधिकारी यादबका अनुसार सुरक्षा समिति र संटक व्यवस्थापन समितिको आपतकालिन बैठक समेत बसेर सो बारेमा छलफल गरेको बुझीएको छ। दोस्रो पटक र्यापीट जाँच गर्दा पनि ६० वर्षको व्यक्तिमा पोजेटीभ देखिएको र २२ वर्षको युवकमा नेगेभिट देखिएपनि स्वाब परिक्षणका लागि पठाउने तयारी गरिएको बुझीएको छ ।
दुवै जना चैत्र २ गते भारतबाट आएको बुझीएको छ । ६० वर्षका युवा सम्पर्कमा आएपनि १८ वर्षका युवक भने सम्पर्क बाहिर रहेको बुझीएको छ । स्वास्थ्य कार्यालय बाजुराले यतीबेला जिल्लामा र्यापीट टेष्ट गरिरहेको छ ।