एनसेलद्वारा सशस्त्र प्रहरीलाई सिमकार्ड वितरण
एनसेलले सशस्त्र प्रहरीहरुलाई सिमकार्ड वितरण गरेको छ। सशस्त्र प्रहरी हेडक्वाटरको पहलमा एनसेलले सबै सशस्त्र प्रहरीहरुलाई सिमकार्ड सहयोग गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका सशस्त्र प्रहरी नायब उपरिक्षक डम्बरबहादुर बिष्टले बताए।
कोरोना संक्रमण कम नहुँदासम्मका लागि सिमकार्ड सहयोग गरेको उनले बताए। एनसेलको सिमाकार्डबाट सशस्त्र प्रहरीहरुले कुनै रिर्पोटिङ तथा अन्य जानकारी फ्रि कल गरेर टिपाउन सक्ने डिएसपी बिष्टले बताए। एनसेलले दार्चुला गुल्मलाई २ सय ६ वटा सिमकार्ड सहयोग गरेको हो।