कैलालीमा कर्णाली नदीमा वेपत्ता युवकको शव भेटियो
टीकापुर : कैलालीमा कर्णाली नदीमा वेपत्ता भएका युवकको शव भेटिएको छ। गत वैशाख ५ गते मलामी गएका बेला कर्णालीमा वेपत्ता भएका टीकापुर नगरपालिका वडा १ का ३० वर्षीय बादल ठकुल्लाको शव भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले सनकट्टीघाट स्थित कर्णाली नदीमा नुहाउने क्रममा डुबेर वेपत्ता भएका ठकुल्लाको शव करिब १० किलोमिटर तल भेटिएको जानकारी दिए।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले युवकको शव निकालिरहेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।