धनगढीबाट खाद्यान्न ढुवानी गर्न भनेर गएको ट्रकमा मदिरा
बैतडी: बैतडीमा लकडाउनका बेला खाद्यान्न ढुवानी गर्ने भन्दै पास लिएको ट्रकले मदिरा बोकेको पाइएको छ।
वैशाख ४ गते धनगढीबाट मेलौली खाद्यान्न ढुवानीका लागि पास लिएको से१छ १५४९ नम्बरको ट्रकमा मदिरा बोकेको पाइएपछि शनिबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए।
मेलौलीमा ट्रक चेकजाँच गर्दा इलाका प्रहरी कार्यालय मेलौलीको टोलीले ट्रकबाट मदिरा बरामद गरेको हो। ट्रकबाट विभिन्न ब्राण्डका ४३ पेटी मदिरा बरामद गरिएको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए।
प्रहरीले ट्रक साहु उत्तमसिंह पुजारा र चालक रोशन पन्तलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।