सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोटरी क्लब अफ धनगढीद्वारा फिल्टर र पिपिई सहयोग

२०७७ वैशाख ६, ०३:०६ खबर संवाददाता

धनगढी: रोटरी क्लब अफ धनगढीले फिल्टर र पिपिई सेट सहयोग गरेको छ। क्लबले सिमामा खटिएका शसस्त्र प्रहरीका लागि फिल्टर र पिपिई सेट सहयोग गरेको हो। 

क्लबले शनिबार शसस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर धनगढी कैलालीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक कमल तिमिल्सिनालाई २० थान पानी सफागर्ने फिल्टर र ५० थान पिपिइ हस्तान्तरण गरेको छ। उक्त सामग्री क्लबका सस्थापक अध्यक्ष प्रकाशचन्द्र भट्ट र वर्तमान अध्यक्ष हरिशंकर ठाकुरले हस्तान्तरण गरेका हुन। 

सिमामा खटिने शसस्त्र प्रहरीलाई शुद्ध पानी पिउन फिल्टर र प्रहरीको सुरक्षाका लागि भन्दै पिपिई सहयोग गरेको क्लबका अध्यक्ष ठाकुरले बताए।

कमेन्ट लोड गर्नुस