सुदूर नेपाललाई विश्वसँग जोड्दै

मारवाडी युवा मञ्चद्वारा सेती अस्पताललाई स्यानिटाइजिङ बुथ हस्तान्तरण

२०७७ वैशाख ६, ०२:१९ खबर संवाददाता

धनगढी : मारवाडी युवा मञ्चले सेती प्रादेशिक अस्पताललाई स्यानिटाइजिङ बुथ हस्तान्तरण गरेको छ। कोरोना संक्रमणको जोखिममा रहेर कार्यरत स्वास्थ्य क्षेत्रका कर्मचारीको सुरक्षालाई ध्यान दिँदै मञ्चले बुथ हस्तान्तरण गरेको हो।

मारवाडी सेवा समिति धनगढीका अध्यक्ष राजेन्द्र अग्रवाल र राष्ट्रिउ मारवाडी परिषद्का उपाध्यक्ष श्याम तायलले धनगढी उप–महानगरपालिकाका मेयर नृप ओड र सेती अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयलाई हस्तान्तरण गरे। 

मञ्चले कोरोना भाइरसबाट ग्रसित रहेको अवस्थामा पनि स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्सलगायतका कर्मचारीले सेवा प्रदान गरिहेकामा धन्यवाद समेत दिएको छ। मञ्चले यसअघि टेकु अस्पताल, वीर अस्पताल लगायतका पनि हस्तान्तरण गरेको थियो।

यसबाट केही हदसम्म भए पनि बिरामीको सेवामा निरन्तर खटिएका स्वास्थ्यकर्मी तथा बिरामीको स्वास्थ्यको सुरक्षामा राहत मिल्नेमा विश्वस्त रहेको मञ्चले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस