कैलालीको लम्कीका संक्रमित युवकलाई फेरी नेगेटिभ रिपोर्ट आए डिस्चार्ज गरिने
धनगढी : कोरोना संक्रमित कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय युवकको तेस्रो पटक परीक्षणका लागि आज स्वाव संकलन गरिने भएको छ। पहिलो रिपोर्ट पोजेटिभ आएपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत २१ बर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि तेस्रो पटक परीक्षणका लागि स्वाव संकलन गरिने भएको हो।
संक्रमितलाई दुई पटक लगातार रिपोर्ट नेगेटिभ आएपछि मात्रै अस्पतालबाट डिस्चार्ज गर्न पाईने बताउँदै सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले भने, ‘स्वाव संकलनको लागि अहिले भाईरत ट्रान्सर मिडियटर अर्थात स्वाव राख्ने उपकरणको अभाव छ। त्यस्को व्यवस्थापन भए आजै स्वाव संकलन गरी परीक्षणका लागि पठाईने छ।’
सेती अस्पतालमा अन्य चार जना संक्रमितको समेत उपचार भईरहेकोमा अन्यको भने दोस्रो र तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ।