सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वी नेपालबाट कैलालीको चिसापानी पुगे एक सय ४९ जना मजदुर र विद्यार्थी

२०७७ वैशाख ६, १२:२७ खबर संवाददाता

धनगढी : पूर्वी नेपालबाट एक सय ४९ जना सुदूरपश्चिमवासी कैलालीको चिसापानी पुगेका छन्। प्रहरीका अनुसार विद्यार्थी र मजदुर गरी एक सय ४९ जना चिसापानी पुगेका हुन्। उनीहरु पूर्वी नेपालका विभिन्न जिल्लाबाट बुटवल सम्म हिड्दै पुगेका थिए भने बुटवलबाट लुम्बिनी प्रदेश सरकारले गाडीको व्यवस्था गर्दै चिसापानी सम्म पुगाएको थियो। चिसापानीमै रहेका पत्रकार युवराज न्यौपानेका अनुसार कैलाली घर भएक केही मजदुरलाई स्थानीय तहले उद्धार गरे पनि अधिकासं अलपत्र छन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले सुदूरपश्चिमका विभिन्न जिल्लाका एक सय ४९ जनालाई स्थानीय तहमा पठाउने तयारी भईरहेको छ। ‘स्थानीय तहले नै गाडीको व्यवस्था गर्दै चिसापानीबाट लैजाने तयारी छ। उनीहरुले सम्बन्धित स्थानीय तहमै क्वारेन्टाईनमा राख्नेछन्।’ बस्नेतले दिनेश खवरलाई भने। 

 

कमेन्ट लोड गर्नुस