डिसिए नेपालद्धारा ६५ लाख बराबरको राहत तथा स्वास्थ्य सामाग्री वितरण
डेनमार्कको गैह्र सरकारी संस्था डिसिए नेपालले सुदूरपश्चिमका ३ जिल्ला सहित ६ जिल्लामा ६५ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको छ।
सरकारले तोकेको एकद्धार प्रणालीमार्फत डिसिए नेपालले कैलाली, कञ्चनपुर, डोटी, बर्दिया, बाँके र दैलेखमा ६५ लाख बराबरको राहत तथा स्वास्थ्य सामाग्रीको वितरण गरेको जनाएको हो। ६ वटै जिल्ला गरी एक हजार ५ सय ६६ घर परिवारलाई स्थानीय सरकारले तोके बमोजिमको खाद्य सामाग्री वितरण गरीएको डिसिए नेपालका ‘मानवीय सहायता तथा विपद् जोखिम न्युनिकरण म्यानेजर, दिनेश गुरुङ्गले बताए।
उनले विभिन्न पालिकाहरुको समन्वयमा क्वारेन्टाईनका लागी १४० बेड बनाउन पुग्ने सामाग्री, ५७ पिपिई सेट, १२ थर्मल गन, २७१ लिटर ‘स्यानिटाईजर’, १६१ प्याकेट चिकित्सा ग्लोभ्स, १७६३ स्यानेटरी प्याड, १०६२० सावुन तथा १०० सेट बाल्टिन र जग वितरण समेत गरीएको जानकारी दिए।
यी सबै सामाग्री आवश्यकता अनुसार विभिन्न समूदाय, क्वारेन्टाईन सेन्टर तथा स्वास्थ्य संस्थाहरुमा पुर्याईसकेको पालिकाहरुले जनाएका छन।