कैलालीको लम्कीका २० परिवारलाई खाद्यान्न सामग्री सहयोग
कैलाली: लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २० घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री उपलब्ध गराइएको छ।
नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्की र उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनाको समन्वयमा दैनिक मजदुरी गर्ने, विपन्न, डेरामा बस्ने विद्यार्थी तथा एकल महिलाको परिवारलाई राहत उपलब्ध गराइएको हो।
विभिन्न व्यक्ति तथा सहयोगीदाताहरुले उपलब्ध गराएको खाद्यान्न पूर्व लम्की, भुरुवा, तिल्केनी र कुन्टीखेतका २० परिवारलाई हस्तान्तरण गरिएको छ।
सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा सभापति रंगप्रसाद तिमिल्सैना, सचिव विनोद आचार्य, सामाजिक अभियन्ता कृष्ण बटाला, नारायण तिमिल्सैना, तिलकप्रसाद गडतोला, लक्ष्मण रेग्मी, शंकर जैशी, प्रकाश खनाल लगायतको सहभागिता रहेको थियो।