सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनेरास्ववीयु कैलालीद्धारा धनगढीमा डेरा गरी बस्ने ४३१ विद्यार्थीलाई राहत वितरण

२०७७ वैशाख ४, ०३:२६ खबर संवाददाता

धनगढी :अनेरास्ववीयु कैलालीले धनगढीमा डेरा गरी बस्ने चार सय ३१ जना विद्यार्थीलाई राहत वितरण गरेको छ। डेरा गरी धनगढीका विभिन्न क्याम्पसमा अध्ययन गर्ने र लकडाउनका कारण समस्यामा परेका चार सय ३१ जनालाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको अनेरास्ववीयु कैलालीका संयोजक कुमार बडैलाले जानकारी दिए।

लकडाउनमा दैनिक छाक टार्न समस्या भएका विद्यार्थीलाई पााँच किलो चामल, एक किलो दाल, एक पोका नून, एक पोका तेल राहतमा वितरण गरिएको संयोजक बडैलाले बताए। धनगढीमा उपमहानगरपालिकाले मतदाता परिचय पत्र भएका स्थानीयलाई मात्र राहत वितरण गरेपछि विद्यार्थी संगठनहरुले समस्यामा परेका विद्यार्थीहरुका लागि छुट्टै राहत प्याकेज ल्याएर वितरण गरिरहेका हुन्।

अनेरास्ववीयुले सहसंयोजक समिर जोशीको घरमै फुड सेल्टर बनाएर राहत वितरण गरिरहेको जनाएको छ। जिल्ला प्रशासन कार्यालयबाट पास लिएर संयोजक बडैलाको प्राईभेट गाडी राहत वितरणमा प्रयोग गरिएको छ।

उक्त गाडीको इन्धन खर्च आफूले व्यक्तिगत रुपमा व्यर्होने बडैलाले जानकारी दिए। 

 

कमेन्ट लोड गर्नुस