धनगढीमा डेरा गरी बस्ने तीन सय विद्यार्थीलाई अनेरास्ववियू कैलालीद्धारा खाद्यान्न सहयोग
धनगढी : धनगढीमा डेरा गरी बसेका विद्यार्थीहरुलाई अनेरास्ववियू कैलालीले खाद्यान्न सहयोग गरेको छ। कोरोना नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएका विद्यार्थीहरुलाई अनेरास्ववियूले खाद्यान्न सहयोग गरेहो हो।
अनेरास्ववियू कैलालीका सहसंयोजक समिर जोशीका अनुसार मंगलवार तीन सय १३ जना विद्यार्थीलाई खाद्यान्न हस्तान्तरण गरिएको छ। ‘समस्या हेरेर ५ किलो देखि १५ किलो सम्म चामल वितरण गरिरहेका छौ। एक किलो दाल, एक पोका तेल, एक किलो नुन पवि वितरण गरिरहेका छौ।’ जोशीले भने।
दैनिक छाकटार्न समस्या भएका विद्यार्थीको सुची स्थानीय प्रशासन र स्थानीय सरकारलाई उपलब्ध गराए पनि सुनुवाइ नभएकोले खाद्यान्न वितरण गरिएको अनेरास्ववियूका केन्द्रीय सदस्य मनोज राईले बताए। उनले समस्यामा परेका विद्यार्थीहरुलाई पनि सम्पर्क गर्न आग्रह गरे।
स्थानीय सरकारले सहयोग नगरेपछि अनेरास्ववियू कैलालीले अन्य व्यक्तिहरुको सहयोग बाट सामाजिक दुरि कायम गर्दै समस्या भएका विद्यार्थीको कोठा–कोठामा नै खाद्यान्न पु¥याएको उनले बताए।