कैलालीको चिसापानीमा रोकेर राखिएका ३१ मजदुरलाई गन्तव्यमा पठाइयो
कैलाली: कैलालीको चिसापानीमा रोकिएका ३१ मजदुरलाई उनीहरुको गन्तव्यमा पठाइएको छ। काठमाडौँ लगायतका अन्य जिल्लाबाट ट्रकमा सुदूरपश्चिम फर्किरहेका ३१ जना मजदुरलाई सम्बन्धीत स्थानीय तहको क्वारेन्टाइनमा राख्नेगरी पठाइएकाे प्रहरीले बताएको छ।
मंगलबार बिहान ना६ख २६२४ नम्बरको मालबाहक ट्रकमा आइरहेका उनीहरुलाई प्रहरीले चिसापानीमा रोकेर राखिएको थियो। अहिले जिल्ला प्रशासनको निर्णय अनुसार उनीहरुलाई सम्बन्धीत स्थानीय तहको क्वारेन्टाइनमा अनिवार्य राख्नेगरी गाडीको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षण दक्षकुमार बस्नेतले बताए।
ती ३१ जना मध्ये कैलालीका २५, बझाङका २ र कञ्चनपुरका एक जना रहेका छन्। ती सबै काठमाडौँ, चितवन, बुटवल र कपिलवस्तुबाट फर्किएका थिए।