सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीकी कोरोना संक्रमित महिला सेती अस्पतालमा भर्ना

२०७७ वैशाख १, ०१:२८ खबर संवाददाता

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा ल्याईएको छ। लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनबाट २९ गते घर पठाईएकी जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ६० बर्षीय महिलालाई अस्पतालको आईसोलेसनमा भर्ना गरिएको हो।

उनलाई आज घरबाटै टीकापुर अस्पतालको एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पतालमा ल्याईएको हो। उनका परिवारका तीन जना सदस्यलाई भने फेरी लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको छ। उनीहरु चारै जना पर्साको विरगञ्जबाट आएका थिए। ति महिला विरगञ्जमै चिया पसल सञ्चालन गर्दै आएकी थिईन्। 
 

कमेन्ट लोड गर्नुस