सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली पुगेको १३ दिनपछि कोरोना संक्रमण

२०७७ वैशाख १, ११:४३ खबर संवाददाता

कोरोना संक्रमित ६० वर्षीया महिला १३ दिन अघि कैलाली पुगेको खुलेको छ। पर्साको वीरगञ्ज रहेकी ६० बर्षीय महिला चैत १७ गते लम्कीचुहा नगरपालिकाका लागि हिडेकी थिईन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी चैत १८ गते मात्र लम्की पुगेकी थिईन्।

त्यसपछि लम्की बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको थियो। उनको चैत २५ गते काठमाडौँबाट आएको तालिम प्राप्त स्वास्थ्यकर्मीको टोलीले नमूना संकलन गरी परिक्षणका लागि लगिएको थियो।

¥यापिड टेष्ट गर्दा नेगेटिभ रिर्पोट आएपछि महिलालाई घर फर्काइँएको थियो। तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना परिक्षण गर्दा पोजेटिभ देखिएपछि ती महिलालाई सेती प्रादेशिक अस्पतालको आईसोलेसन कक्षमा राख्न धनगढी ल्याईदैछ। 
यसअघि १३ दिन हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ। 

कमेन्ट लोड गर्नुस