सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका १० जना पत्रकारको कोरोना परीक्षणका लागि नमूना संकलन

सेती प्रादेशिक अस्पतालमा नमूना संकलन गराएका पत्रकार
सेती प्रादेशिक अस्पतालमा नमूना संकलन गराएका पत्रकार
२०७६ चैत्र ३०, ०५:०१ खबर संवाददाता

धनगढी: धनगढीका १० जना पत्रकारको कोरोना भाईरस(कोभिड–१९) को परीक्षणका लागि नमूना संकलन गरिएको छ। कोरोनाको प्रभावपछि फिल्ड रिर्पोटिङ गरेका १० जना पत्रकारको परीक्षणका लागि आज नमूना संकलन गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष अर्जुन शाहले जानकारी दिए।

उनीहरुको कोरोना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा नमूना संकलन भएको हो। ‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै पत्रकारले पनि जोखिममा रिर्पोटिङ गरेका छन्’ अध्यक्ष शाहले भने, ‘प्रदेश स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा परिक्षणका लागि नमूना संकलन गरिएको हो। आज १० जनाको नमूना संकलन गरिएको छ, सीमा क्षेत्रमा रिर्पोटिङ गरेका अन्य पत्रकार साथीहरुले पनि नाम टिपोट गर्नुभएको छ उहाँहरुको पनि नमूना परिक्षण गरिनेछ।’

पत्रकारहरुको स्वास्थ्यमाथि चासो राखेर नै आफूले सकारात्मक चासो राख्दै परीक्षणका लागि पहल गरेको अध्यक्ष शाहले बताए। 'कैलालीको गौरीफन्टाबाट आएका एक जनामा कोरोना संक्रमण देखिएकोमा सोही दिन केहि पत्रकारहरु त्यहाँ रिपोर्टिङमा गएका थिए' उनले भने, 'त्यसैले कोरोना परीक्षण गर्न पहल गरेका हौ। 

यस्तै महासंघकै अगुवाईपछि फिल्ड रिर्पोटिङ गरेका दिनेश खबरमा कार्यरत पाँच जना पत्रकारले पनि कोरोना परिक्षणका लागि थ्रोट स्वाबको नमूना दिएका छन्।   
 

कमेन्ट लोड गर्नुस