बुटवलबाट हिँडेरै कैलाली आउन लागेका ४२ मजदुरका लागि गाडी व्यवस्था
धनगढी: रुपन्देहीको बुटवलबाट हिँडेरै कैलाली आउन लागेका ४२ जना मजदुरलाई सैनामैना नगरपालिकाले गाडी व्यवस्थापन गरेर पठाएको छ।
बुटवलका विभिन्न स्थानमा घर बनाउने काम गर्दै आएका मजदुरलाई ठेकेदारले लकडाउनका बेला खाने व्यवस्था नगरिदिएपछि भोकै बस्ने अवस्था रहेकाले उनीहरु समूह बनाएर पैदल घर जान हिंडेका थिए।
तर रुपन्देहीबाट कैलालीसम्म हिँडेर जाँदा कोरोना संक्रमणको जोखिम हुनसक्ने भन्दै उनीहरुलाई सैनामैनाको वडा नम्बर १ बनकट्टास्थित प्राकृतिक चिकित्सालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो।
तीन दिन त्यहाँ राखेर उनीहरुलाई सगाडीमा पठाइएको सैनामैना नगरपालिका वडा नम्वर १ का अध्यक्ष केहरसिंह गलामी थापाले दिनेश खवरलाई जानकारी दिए।
हिँडेरै कैलाली आउन खोजेका ४२ जनालाई रुपन्देहीको क्वारेन्टाइनमा राखियो