हिँडेरै कैलाली आउन खोजेका ४२ जनालाई रुपन्देहीको क्वारेन्टाइनमा राखियो
धनगढी : हिँडेरै कैलाली आउन खोजेका ४२ जनालाई रुपन्देहीको क्वारेन्टाइनमा राखिएको छ। रुपन्देहीको बुटवलबाट पैदल हिँडेरै कैलालीको टीकापुर आउन खोजेका ४२ जना मजदुरलाई सैनामैना नगरपालिकाको क्वारेन्टाइनमा राखेको हो।
रुपन्देहीबाट कैलालीसम्म हिँडेर जाँदा कोरोना संक्रमणको जोखिम हुनसक्ने भएकाले उनीहरुलाई सैनामैनाको वडा नम्वर १ बनकट्टास्थित प्राकृतिक चिकित्सालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको सैनामैना नगरपालिका वडा नम्वर १ क अध्यक्ष केहरसिंह गलामी थापाले दिनेश खवरलाई जानकारी दिए।
नगरपालिकाका स्वास्थ्य निरीक्षक हेमराज पन्थीले क्वारेन्टाइनमा राखिएका सबैको स्वास्थ्य परीक्षण गरिने बताए। नगरपालिकाका प्रवक्ता रत्नवहादुर पौडेल खत्रीले स्वास्थ्य जाँचपछि उनीहरुलाई गाडीको व्यवस्था गरेर कैलाली पठाउने तयारी भईरहेको बताए।