सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा रिर्पोट नेगेटिभ आएकाले ७ दिन अनिवार्य होम क्वारेन्टाईन बस्नुपर्ने

फाईल तस्बिर
फाईल तस्बिर
२०७६ चैत्र ३०, ०७:४८ खबर संवाददाता

कैलालीमा भारतबाट फर्किएर अनिवार्य क्वारेन्टाईनमा बसेकाहरुलाई घर फिर्ता गर्न थालिएको छ। विभिन्न स्थानीय तहमा अनिवार्य १४ दिने क्वारेन्टाईनमा राखिएकाहरुको नमूना परिक्षणपछि घर पठाउन थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले संघिय सरकारले गरेको र्‍यापिड  टेष्टमा रिर्पोट नेगेटिभ आएकाहरुलाई ७ दिन होम क्वारेन्टाईनमा बस्ने शर्तमा घर पठाउन थालिएको बताए। बोहराले शनिबार मात्र एक सय जनालाई क्वारेन्टाईनबाट घर फर्काईएको जानकारी दिए।

अहिले र्‍यापिड  टेष्ट गरिएका कैलाली र कञ्चनपुरका झण्डै साढे पाँच सय जनाको रिर्पोट नेगेटिभ आएको छ।

चैत २८ गते मात्र नमूना परिक्षण गरिएका कैलालीका तीन सय ३९ जनाको रिर्पोट नेगेटिभ आएको थियो भने चैत २७ मा दुवै जिल्लाबाट संकलन गरिएका ६६ जनाको नमूना परिक्षण गर्दा पनि रिर्पोट नेगेटिभ आएको थियो।  

कमेन्ट लोड गर्नुस