धनगढीमा आरटीपीसीआर मेसिन जडान, कोरोना परीक्षण सुरु
धनगढी: धनगढीमा कोरोना भाईरसको नमूना परिक्षणका लागि संघिय सरकारले पठाएको आरटीपीसीआर मेसिन जडानको काम सकिएको छ। पशुपन्छी रोग अन्वेशण प्रयोगशाला धनगढीमा आरटीपीसीआर मेसिन जडानको काम सकिएको सामाजिक विकास मन्त्रालयका डाक्टर चेतराज जोशीले जानकारी दिए।
उनका अनुसार जडान सकिएसँगै प्रयोगशालाबाट कोरोना भाईरसको नमूना परिक्षणको काम थालिएको छ। अब उक्त आरटीपीसीआर मेसिनबाट १२ घण्टामा दुई सय ७० जनाको नमूना परिक्षण गर्न सकिनेछ। संघिय सरकारले चार दिन अगाडी पठाएको उक्त मेसिन केही समाग्री अभावमा जडान हुन सकेको थिए।
तर आज बिहान मात्र प्रदेशको सामाजिक विकास मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर मार्फत ती समाग्री धनगढी ल्याएको थियो। केन्द्रीय पशुपन्छी अन्वेशण प्रयोगशालाको उक्त मेसिनले अब कोरोना परीक्षणलाई तिव्रता दिन सकिनेछ।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम उच्च रहेको भन्दै संघिय सरकारले बुधवार अर्काे प्रयोगशाला स्थापना गर्न उपकरण पठाएको थियो।