सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा १०१ किलोमिटर सीमा क्षेत्रलाई सशस्त्र प्रहरीले गर्‍यो ‘सिल’

२०७६ चैत्र २८, ०३:५८ खबर संवाददाता

धनगढी : कैलालीमा नेपाल–भारत सीमाको एक सय एक किलोमिटर क्षेत्रलाई सशस्त्र प्रहरीले ‘सिल’ गरेको छ। लुकीछिपी भारतबाट नेपाल भित्रिन सक्ने भन्दै सशस्त्र प्रहरीले पूरै सीमा नाकालाई सिल गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरिक्षक कमल तिउसिनाले एक सय एक किलोमिटर लामो सिमानाको ७२ स्थानमा टेण्ट र सेन्ट्री स्थापना गरेर सुरक्षाका साथै निगरानी गर्दै आएको बताए।

उनले १९ स्थानमा टेण्ट र ५३ स्थानमा सेन्ट्री स्थापना गरेर सुरक्षा दिइरहेको बताए।
 

कमेन्ट लोड गर्नुस