सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा कोरोना परीक्षणका लागि र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु

२०७६ चैत्र २८, ०२:५९ प्रकाश सिंह

बाजुरा:  बाजुराका विभिन्न वारेन्टाइनमा राखिएका व्यक्तिहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु भएको छ। क्वारेन्टाइनमा १४ दिन पुगेकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट सुरु गरेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन्।

बाजुरा नौ ओटा क्वारेन्टाइनमा राखिएका १ सय १७ जनाकोे कोरोना टेस्ट सुरु गरिएको उनले बताए।  रिपोर्ट नेगेटिभ आएमा उनीहरुलाई १ हप्ता होम क्वारेन्टटाइमा बस्नेगरी कागज बनाएर घर पठाइने कार्यलाय प्रमुख दयाकृष्ण पन्तले बताए। यदी रिपोर्ट पोजेटिभ आएमा बिरामीलाई आइसोलेसनमा राखेर थप जाँचका लागि स्वाब धनगढी पठाइने बताइएको छ। 

र्‍यापिड डाइग्नोस्टिक टेष्टका लागि पहिलो चरणमा ३ सय थान किट जिल्लामा आएका छन्। क्वारेन्टाइमा राखिएकाहरुको जाँचपछि चेकजाँचमा खटिएका स्वास्थ्यकर्मी र प्रहरीको पनि टेष्ट गरिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस