सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस सांसदको कोरोना कोषमा १५ दिनको तलब

२०७६ चैत्र २८, ०५:३७ खबर संवाददाता

कांग्रेस सांसदहरूले आफ्नो १५ दिनको पारिश्रमिक ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोष’ मा दिने भएका छन्।

कांग्रेस संसदीय दलद्वारा जारी विज्ञप्तिअनुसार संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूको १५ दिनको तलब कट्टा गरी कोषमा जम्मा गराउन संसद् सचिवालयलाई पत्राचार गरेको छ। दलले सचिवालयलाई तत्काल तलब कट्टा गराएर कोषमा जम्मा गराइदिन आग्रह गरेको छ।
 

कमेन्ट लोड गर्नुस