सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भारतबाट फर्किएका युवक अस्पताल पुगे, नमुना संकलन

कैलालीको गौरीफन्टा नाकाबाट फर्किदै गरेका नेपाली
कैलालीको गौरीफन्टा नाकाबाट फर्किदै गरेका नेपाली
२०७६ चैत्र २६, ०३:१३ खबर संवाददाता

धनगढीमा भारतबाट फर्किएका २२ वर्षीय युवक अस्पताल पुगेका छन्। चैत १० गते भारतको बैङ्लोरबाट फर्किएका धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का युवक कोरोना भाईरसको आशंकामा सेती अस्पातल पुगेका छन्।

अस्पतालका प्रवक्ता डाक्टर  जगदिशप्रसाद जोशीले ती युवक थ्रोट स्वाबको नमुना संकलन गरिदिन आग्रह गर्र्दै अस्पताल पुगेको पुष्टि गरे। ‘भारतबाट फर्किएर घरमै सेल्फ क्वारेन्टाईनमा बसिरहेका रहेछन्, आज मात्र अस्पताल पुगे।

हामीले नमुना संकलन गरी धनगढी रंगशालाको क्वारेन्टाईनमा राखेका छौँ।’ जोशीले भने। तर उनमा कोरोना भाईरस(कोभिड–१९) का कुनै पनि शंकास्पद लक्षण नदेखिएको डाक्टर जोशीले बताए।

सेती अस्पतालले ती युवक सहितका ४ जनाको नमुना संकलन गरेको छ। प्रवक्ता जोशीले नमुना संकलनपछि उनीहरु सबैलाई क्वारेन्टाईनमा राखिएको जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस