कञ्चनपुरमा एक महिला मृत फेला
धनगढी : कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको भीमदत्त नगरपालिका १९ बागफाँटाकी ३५ वर्षिया कमला बिष्ट गहुँ बारीमा मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलका अनुसार बुधबार बिहान बागफाँटा स्थित आफ्नै गहुँबारीमा मृत फेला परेको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। अहिले शब पोष्टमार्टमका लागी महाकाली अस्पतालमा राखिएको छ। मृत्युको कारण भने खुल्न नसेकेको बताउदै प्रवक्ता पौडेलले थप अनुशन्धान भईरहेको बताए।