सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ड्रोन मार्फत घरमै औषधि

२०७६ चैत्र २६, १२:०६ खबर संवाददाता

धनगढी : कैलालीमा ‘दैलोमै दबाई’ अभियान थालेको बोलन्या थलीले ड्रोन मार्फत घरमै औषधि पुगाउन थालेको छ। ¥यान फारवेष्टसंगको समन्वयमा ड्रान मार्फत नै बिरामीको घरमै औषध पुगाउन थालिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए। अत्यावश्यक औषधिको समस्या झेल्दै आएका बिरामीलाई घरमै पुगेर निःशुल्क औषधि दिइरहेको उनले बताए। 

हातमै दिदा कोरोनाको जोखिम बढ्ने भएकाले ड्रोन मार्फत कसैको पनि सम्पर्क बिना घरमै औषधि पुगाईरहेको जोशीले बताए। जिल्ला प्रशासन कार्यालय र धनगढी उपमहानगरपालिकाबाट अनुमति लिएर यस्तो अभियान सुरु गरिएको उनले बताए। 

‘बोलन्याथली’ सामाजिक कार्यमा संक्रिय संस्था हो। यसअघि यो संस्थाले पश्चिम सेती जलविद्युत आयोजना छिटो बनाउन दबाब दिने उद्देश्यले माइतीघर मण्डलामा कचौरा जुलुस र कीर्तिपुरमा सांगीतिक संघर्ष, सासंदसंग संवाद, लगायतका कार्यक्रम गरेको थियो। भारतबाट आएकाहरुको सहयोगका लागि आश्रय अड्डा पनि सञ्चालन गरिएको थियो।

कमेन्ट लोड गर्नुस