सुदूर नेपाललाई विश्वसँग जोड्दै

नमूना संकलनका लागि डोटी पुग्यो प्राविधिक टोली

२०७६ चैत्र २६, ११:५१ खबर संवाददाता

धनगढी: क्वारेन्टाईनमा राखिएकाको नमूना संकलन गर्नको लागि प्राविधिकहरुको टोली डोटी पुगेको छ। आवश्यक स्वास्थ्य समाग्री सहित प्रविधिकहरुको टोली बुधबार विहान डोटी पुगेको हो।

‘भारत तथा तेस्रो मुलुक बाट आएकालाई क्वारेन्टाईनमा राखिएको छ’, डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले दिनेश खबरलाई भने, ‘उनीहरुको कोरोना परीक्षणका लागि स्वाव संकलन गर्न टोली डोटी पुगेको हो।’

यस्तै डोटीबाट निर्वाचित संघीय सांसद प्रेमबहादुर आलेमगरले पनि जिल्लामा आवश्यक पर्ने स्वास्थ्य समाग्री पठाएको उनले बताए। पीपीई, सेनिटाईजर, मास्क लगायतका समाग्रीहरु पाईएको हो।

कमेन्ट लोड गर्नुस