धनगढीको नमस्ते सहकारीद्वारा उपमहानगरपालिकालाई ५१ हजार सहयोग
२०७६ चैत्र २५, ०६:५९
धनगढी: धनगढीको नमस्ते सहकारी संस्थाले कोरोना राहत कोषमा ५१ हजार सहयोग गरेको छ। उप–महानगरपालिकाको वडा नम्बर ८ मा रहेको सहकारीले कोरोना राहत कोषमा ५१ हजार सहयोग गरेको हो।
सहकारीका अध्यक्ष जगतराम चौधरीले ५१ हजारको चेक धनगढी उप–महानगरपालिका मेयर नृपबहादुर वडलाई हस्तान्तरण गरेको बताए।
कमेन्ट लोड गर्नुस